शेखरले बोलाए आफूनिकट नेताहरूको भेला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेतालाई शेखरले छलफलका लागि बोलाएका हुन् । नेताहरूसँग शेखरले आजै छलफल गर्न लागेको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि शेखर असन्तुष्ट देखिएका छन् । देउवाले १४ औँ महाधिवेशनमा पराजित आफू पक्षीय नेतालाई धमाधम मनोनीत गरेको तर, कोइराला पक्षका कोही नेतालाई पनि मनोनीत गरेका छैनन् ।

देउवाले पेलेर जाने नीति लिएपछि छलफल गर्न आफू निकट नेताहरूलाई बोलाएको बुझिएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १५:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया