दिल्लीमा कोरोना संक्रमण बढेपछि एम्सले सबै कर्मचारीको विदा रद्द गर्यो

दिल्लीमा कोरोना भाइरसको संक्रमण बढेपछि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले सबै कर्मचारीको जाडो विदा रद्द गरेको छ । 

एम्सले सोमबार एक नोटिस जारी सबै संकायका कर्मचारीको विदा रद्द गर्दै तत्काल सेवामा हाजिर हुन निर्देशन दिएको छ । 

‘ओमिक्रोनको बढ्दो संक्रमणका कारण ५ देखि १० जनवरीसम्मको शीतकालीन विदा रद्द गर्न निर्णय गरिएको छ,’ एम्सले नोटिसमा भनेको छ । 

पछिल्लो चौबिस घण्टामा भारतमा ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण भएपछि उनी मंगलबारबाट आइसोलेशनमा बसेका छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १६:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया