काठमाडौं उपत्यकामा मात्रै २२२ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसअनुसार काठमाडौंमा १५६ जना, भक्तपुरमा २१ जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्। सो अवधिमा ३ जना कोरोना संक्रमितको निधन भएको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १७:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया