राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एकजना उम्मेदवारको मनोनयन दर्ता हुन सकेन ।
लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट सप्तरीका श्याम सुन्दर सरदारलाई उम्मेदवार चयन गरे पनि अन्तिममा उनको मनोनयन दर्ता हुन नसकेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
सरदार सरकारको अन्य निकायमा पनि कार्यरत रहेकोले उनको उम्मेदवारी दर्ता हुन नसेको निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन् ।
राष्ट्रियसभा निर्वाचन निर्देशिकाले अन्य सरकारी पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेकोले सरदारको उम्मेदवारी दर्ता हुन नसकेको उनले बताइन् ।
सप्तरीको कंचनरुप निवासी सरदार प्रदेश २ सरकारले ६ फागुन २०७७ मा गठन गरेको दलित विकास समितिका सदस्य हुन् ।
त्यस्तै, प्रदेशसभा सदस्यको समानूपातिकतर्फ समेत बन्दसूचीमा उनको नाम रहेको पाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।