तीन संक्रमित देखिँदा चीनको १० लाख जनसंख्या भएको सहरमा लकडाउन
फाइल तस्वीर

नेपालको उत्तरी छिमेकी देश चीनको हेनान प्रान्तको एक सहरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सहरमा लकडाउन लागू गरेको छ ।

जसका कारण १० लाखभन्दा धेरै मानिसहरू आफ्नै घरमा बस्न बाध्य भएका छन्, सार्वजनिक यातायात, प्रत्यक्ष रूपमा विद्यालयको पठनपाठन र सार्वजनिक कार्यक्रमहरू रद्ध गरिएका छन् । अत्यावश्यक वस्तुहरूको सप्लाइ गर्न मात्र अनुमति दिइएको छ ।

चीनमा कोरोनामा कोरोना संक्रमणलाई ख्याल गर्दै कडा नियमहरू लागू गरिएको छ । यद्यपि, चीनमा यही साल शीतकालीन ओलम्पिक पनि हुने र कोरोना संक्रमण पनि बढ्दै जानुले संशय उत्पन्न भएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १८:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया