इमरान खानकी पूर्वपत्नी रेहम खानमाथि गोली प्रहार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानमाथि इस्लामावादमा गोली प्रहार भएको छ । उनले आइतबार राति आफूमाथि गोली प्रहार भएको सामाजिक सञ्जाल टिवटरमार्फत जानकारी गराएकी छिन् । 

आफू भतिजाको विवाहबाट घर फर्किँदै गर्दा आफू चढेको कारमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएको र घटनाबाट आफू थोरैले बचेको उनको दाबी छ । 

आक्रमण हुँदा कारमा उनीसँगै उनका स्वकीय सचिव र चालक पनि थिए। पूर्वटेलिभिजन प्रस्तोतासमेत रहेकी रेहमले लेखेकी छिन्, ‘कथित सरकारले यस आक्रमणको जिम्मेवारी लिनुपर्छ ।’
 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १८:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया