के एमबाप्पे, हालान्ड, बेन्जिमा र भिनिसियस सँगै खेल्लान ?

स्पेनिस क्लब रियल मड्रिडले आगामी समर ट्रान्फरका लागि ठूलो योजना बनाएको छ । उसले स्पष्ट पारिसकेका छ यो समर महत्त्वपूर्ण हुनेछ ।

रियल फेन्च स्टार केलियन एमबाप्पे र नर्वेजियन स्टार एर्लिङ ब्राउन्ट हालान्डलाई भित्र्याउने योजनामा छ । यसको मतलब यो हो कि ऊ आउने वर्षमा आफ्नो टोली बलियो र आक्रमक बनाउन चाहन्छ । 

यदि रियल आफ्नो योजनामा सफल भए यसले विश्व फुटबलमा तरंग ल्याउने निश्चित छ । तर, प्रशिक्षक कार्लो एन्सेलोटीलाई भने गाह्रो हुन सक्छ । 

एन्सेलोटीले यसका लागि गृहकार्य गर्नुका साथै करिम बेन्जिमा र भिनिसियस जुनियरलाई पनि भुल्नु हुँदैन जसले यो सिजन धमाका मच्चाइरहेका छन् ।

एन्सेलोटीका लागि बलियो फरवार्ड लाइन अपरिचित भने होइन । उनी इटालियन क्लब एसी मिलानमा रहँदा एन्ड्री सेभचेन्को, फिलिपे इन्जाघी र जोन डाहल टोमासन थिए ।

त्यसपछि हर्नान क्रेस्पो, क्रिस्चियन भिएरी र ब्राजिलियन रोनाल्डो नाजारियाको बलियो फरवार्ड लाइनलाई पनि उनले प्रशिक्षण दिइसकेका छन् ।



के हालान्ड, एमबाप्पे, बेन्जेमा र भिनिसियससँगै खेल्नेछन् ?

हालान्ड पेनाल्टी क्षेत्रमा बस्छन्, जबकी एमबाप्पे अगाडि जुन सुकै स्थानबाट पनि खेल्न सक्छन् । भिनिसियस आफ्नो पोजिसन लेफ्ट विंगमा पोख्त छन् । बेन्जिमा अवसर सिर्जना गराउन पेनाल्टी क्षेत्र वरिपरि नै रहन्छन् ।



त्यसैले हालान्डलाई नम्वर ९ का रूपमा बेन्जिमा पछाडि, भिनिसियस लेफ्ट विंग र एमबाप्पे राइट विंगमा हुनु सबैभन्दा उपयुक्त र उत्कृष्ट देखिन्छ । तर, एउटा टोलीले त्यो आक्रमण गर्न सक्ला ?

अग्रपंक्तिको पछाडि के हुन्छ ?

यदि यी फरवार्डहरुसँगै खेले भने रियल मड्रिडलाई एक असाधारण मिडफिल्ड आवश्यकता पर्छ । जसले खेललाई नियन्त्रणमा राख्न सकोस । जसरी १९८५ मा आवश्यक थियो । जब उनीहरूले समान स्टार–स्टडेड आक्रमण गरेका थिए ।

–३–३ ले काम गर्ने छैन

ती चार खेलाडीसँगै खेलेको अवस्थामा रियल मड्रिडले हालको सेटअप परिवर्तन गर्नुपर्नेछ । अहिले क्यासिमिरो, टोनी क्रुस र लुका मोड्रिच टोलीका आत्मा हुन् ।

कुनै पनि सम्भावित समाधान अनौठो लाग्छ । उदाहरणका लागि पिएसजीमा नेयमार, एमबाप्पे र लियोनेल मेस्सीको प्रयोगलाई लिन सकिन्छ । तिनीहरूसँग तीन खेलाडी छन् । पिएसजी आक्रमणमा नभएको बेला असन्तुलन हुन सक्छ ।

क्यासमिरो र एडुआर्डो कामाभिंगा खेल्दा अग्रपंक्तिमा बल सप्लाइको अभाव हुन सक्छ । मोड्रिच र क्रुस खेल्दा टोलीलाई राहत मिल्नेछ ।

भिनिसियस, एमबाप्पे, हालान्ड र बेन्जिमासँग खेल्दा पूर्णरूपमा प्रभावशाली पक्ष मात्रै बन्न सक्छ । बेन्जिमा अनुकूल अवस्था कुरिरहन्छन् । तर, अरूले दौडन, खेल्न र बल राख्न आवश्यक छ । चारै जनाको उपस्थितिले रियल मड्रिडलाई रक्षात्मक खेल्नुपर्ने अवस्था पनि आउन सक्छ ।

सबै चार मिलेर बनेको आक्रमण युटोपियाजस्तो देखिन्छ र एन्सेलोटीका लागि यसलाई काम गर्न सक्ने तरिकाको कल्पना गर्न गाह्रो छ ।

यो स्पष्ट छ, यदि एमबाप्पे र हालान्ड दुवै सान्टियागो बर्नबेउ आइपुगे तिनीहरूले लगभग सधैँ खेल्ने छन् । त्यसपछि यसका लागि एन्सेलोटीले अन्य विधि अपनाउनु पर्नेछ । यो भिडियो गेममा काम गर्न सकिने कुरा हो तर, वास्तविक फुटबलमा भने निकै कठिन छ ।

(स्पेनिस खेलपत्रिका मार्काकाट साभार)

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार २०:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया