कर्मचारीमा काेराेना देखिएपछि पाल्पा अस्पतालकाे अत्यावश्यक बाहेककाे सेवा बन्द

जिल्ला अस्पताल पाल्पामा अत्यावश्यक बाहेकको सेवा बन्द भएको छ । अस्पतालका कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेककाे सेवा बन्द भएकाे हाे ।

अस्पतालमा कार्यरत १० जनाकाे काेराेना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएकाले सेवा बन्द गर्न परेकाे अस्पतालले जनाएकाे छ ।

अब अस्पतालमा सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिस गरेकाे सेवा मात्र प्रदान हुनेछ।

अस्पतालले संक्रमित आइसाेलेसनमा बस्नुपर्ने भएकाे भन्दै सूचना जारी गरी अत्यावश्यक बाहेककाे सेवा बन्द गरेकाे हाे ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ७:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया