बिग बास लिग : एडिलेडको सामना गर्दै सन्दीपआवद्ध होर्बाट

बिग बास लिग (बिबीएल) अन्तर्गत बुधबार हुने पहिलो खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध होबार्ट हरिकेन्सले घरेलु टोली एडिलेड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

एडिलेड ओभलमा हुने खेल नेपाली समयअनुसार १२ः५० बजे सुरु हुनेछ । होबार्ट १७ अंक जोडेर चौथो स्थानमा रहँदा एडिलेड ९ अंकका साथ पुछारमा छ । सन्दीपले यस सिजन ८ खेलमा ६ विकेट हात पारेका छन् । 

होबार्ट र एडिलेडले दुई १६ खेलमा एकअर्काको सामना गर्दा एडिलेड ९ र होर्बाट ७ खेलमा विजयी भएका छन् । यो सिजनको पहिलो खेलमा एडिलेडविरुद्ध ७ विकेटको जित निकालेको होबार्ट आज पनि आफ्नो लयलाई निरन्तरता दिने सोचमा हुनेछ । 

एडिलेड पनि घरेलु मैदानको फाइदा उठाउँदै पहिलो खेलमा बेहेरोको हारको बदला दिने प्रयासमा छ ।  





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ११:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया