नेकपा एमालेका नेता भीम रावलले माओवादी अधिवेशन प्रक्रियाले जनवादलाई ‘म हाे वाद’मा झारेकाे टिप्पणी गरेका छन् ।
नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे टिप्पणी गरेका हुन् ।
उनले महाधिवेशनमा प्रतिनिधिहरूकाे चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद नठहर्ने पनि बताए ।
नेता रावलले लेखेका छन्, ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो ।’
माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।
— Dr. Bhim Rawal (@BhimRawal179) January 5, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।