पाकिस्तानका प्रधानमन्त्रीको राष्ट्रसंघसँग माग– भारतले कश्मीरमा युद्ध अपराध गर्यो, कारवाही होस्

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरमा भारतले मानवताविरुद्धको अपराध गरेको आरोप लगाएका छन् । 

बुधबार ट्वीटर मार्फत उनले उक्त अपराधको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग अनुरोध गरेका छन् । 

खानले कश्मीर मुद्दामा भारतमाथि कारवाही गर्न अन्तर्राष्ट्रिय समुदायलाई समेत अनुरोध गरेका छन् । 

‘अन्तर्राष्ट्रिय समुदाय, खासगरी संयुक्त राष्ट्रसंघले भारतलाई कश्मीरमा मानवताविरुद्धको अपराध गरेको आरोपमा कारवाही गर्नुपर्छ, किनकी कश्मीरका जनताले भारतको कब्जा र शोषण स्वीकारेका छैनन् । कश्मीरका जनताको संघर्षमा पाकिस्तानको प्रतिबद्धता कायम छ,’ पाकिस्तानका प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।

कश्मीरमा राष्ट्रसंघले निगरानी गर्ने भन्ने कुरा पनि अधुरै रहेको उनले बताएका छन् । कश्मीरमा जनमत संग्रह गर्ने भन्ने राष्ट्रसंघको प्रस्ताव कार्यन्वयन हुन नसकेकोमा पनि उनले दुःख व्यक्त गरेका छन् । भारतले कश्मीरमा युद्ध अपराध गरिरहेको आरोप लगाएका छन् । 
 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया