नेप्से ३०.७५ अंकले घट्दा शिवम् सिमेन्टको सेयर कारोबार उच्च

तीन दिनयता लगातार उच्च अंकमा बढेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।

तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको  छ । साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरूप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको  भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो ।

तर, आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि  ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ ।  त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र  अन्य उपसमूहको परिसूचक  करिव १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट  आए पनि आज मध्य भोटेकोसी जलविद्युत कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ । त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ । आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १५:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया