नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६७ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
नेपालमा अघिल्ला दिनभन्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मंगलबार ९ हजार ३२९ नमुना परीक्षण गर्दा ३९३ जनामा कोरोना पुष्टि भएको थियो ।
आज २३९ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार १७६ पुगेको छ । नेपालमा कोरोनामुक्त हुने दर ९८ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट आज कसैको पनि निधन नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा ११ हजार ६०१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुने दर १.४ प्रतिशत रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।