पश्चिमी वायुको प्रभाव : आज र भोलि पनि वर्षासँगै हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । त्यसकै प्रभावका कारण आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।  

बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी तथा तराईका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

शुक्रबार प्रदेश-१ र प्रदेश-२ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने छ । दिउँसो ती प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ६:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया