पाँचथरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् । बुधबार बेलुकी बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । 

आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रूपमा रहेको बजार हो । स्थानीयका अनुसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ७:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया