२४ घण्टामा अमेरिकामा ७ लाख व्यक्तिमा कोरोना पुष्टि

संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ७ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा त्यहाँ सात लाख ४ हजार व्यक्तिमा कोरोना पुष्टि भएको हो । 

ओमिक्रोन भेरियन्ट देखिएसँगै अमेरिकामा संक्रमणदर फेरि तीव्र गतिमा बढिरहेको छ । बुधबार त्यहाँ १० लाख व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा अमेरिकामा ९४ हजार डिस्चार्ज हुँदा १ हजार ८०२ जना संक्रमितको मृत्यु भएको छ । 

अमेरिकापछि पछिल्लो २४ घण्टामा बढी संक्रमित थपिनेमा फ्रान्स दोस्रो स्थानमा छ । त्यहाँ २४ घण्टाको अवधिमा ३ लाख ३२ हजार संक्रमित थपिएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा बेलायतमा एक लाख ९४ हजार, इटालीमा एक लाख ८९ हजार, स्पेनमा एक लाख ३७ हजार, अर्जेन्टिनामा ९५ हजार र भारतमा ८७ हजारमा कोरोना पुष्टि भएको छ । 

बाँकी देशमा भने पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित थपिएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ८:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया