काेपा डेल रे : बार्सिलाेनाकाे राेमाञ्चक जित

काेपा डेल रे अन्तर्गत बुधबार राति भएकाे खेलमा शीर्ष डिभिजनकाे बार्सिलाेनाले तेस्रो श्रेणीको  लिनारेस डिपाेर्टिभाेमाथि पुनरागमन जित हात पारेकाे छ ।

स्टेडियाे डि लिनारेजाेसमा १ गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै बार्सिलाेनाले घरेलु टाेलीमाथि २-१ काे राेमाञ्चक जित निकालेकाे हाे ।

याे जितसँगै बार्सिलाेना प्रतियाेगिताकाे अन्तिम-१६ मा प्रवेश गरेकाे छ ।

खेलकाे १९औं मिनेटमा ह्युगाे डियाजले गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाएका थिए ।

६३औं मिनेटमा ओसमाने डेम्बेलेले बार्सिलाेनालाई १-१ काे बराबरीमा ल्याए ।

६९औं मिनेटमा फेरान जुट्ग्लाले गाेल गरेपछि बार्सिलाेनाले राेमाञ्चक जित हात पार्‍याे ।



प्रतियाेगिता अन्तर्गत बुधबार नै भएका अन्य खेलमा जित हात पार्दै रियल साेसिडाड, भ्यालेनसिया, रियल बेटिस र एट्लेटिकाे बलियारेसले पनि अन्तिम-१६ मा स्थान सुरक्षित गरेका छन् ।



  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ९:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया