भारतमा एक व्यक्तिले गरे कोरोनाविरुद्ध ११ डोज खोप लिएकाे दाबी
फाेटाे- एसियन न्युज इन्टरनेसनल

भारतमा एक व्यक्तिले कोरोना भाइरसविरुद्ध ११ डोज खोप लिएको दाबी गरेका छन् । 

बिहारको मधेपुरा जिल्लाको पुरैनी निवासी ८४ वर्षीय ब्रह्मदेव मन्‍डलले ११ डोज खोप लिएको दाबी गरेका हुन् ।

उनले कोरोनाविरुद्ध खोप लिन सुरु गरेदेखि स्वास्थ्यमा सुधार हुँदै गएको पनि दाबी गरे ।

मधेपुराका डाक्टर अमरेन्द्र प्रताप शाहीले मन्डलले भ्याक्सिन लिएको अथवा नलिएको विषयमा अनुसन्धान भइरहेको बताए ।

शाहीले अनुसन्धान गरेपछि मन्डलमाथि कारबाही हुने पनि बताए ।
 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १३:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया