तरलता अभावले उद्योगीले कामै गर्न नसक्ने अवस्थामा
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् ।

उपाध्यक्ष श्रेष्ठले वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका हुन् । उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रूपमा बढेको बताए ।

श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूल्य वृद्धिसमेत बढ्ने गरेको बताए । उनले अहिले बैंकहरूले विगतमा उद्यागीलाई दिइरहेको कर्जा बराबरको पैसा दिनसमेत नसक्ने अवस्था रहेको बताए । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकमा २/४ अर्ब पैसा भए पनि कहाँ राखौं हुँदो रहेछ भने २/४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताए ।

उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताए । यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र  सहज बनाउने गरेको बताए ।

'अहिले बैंकमा तरलता कम भयो भनेर विगतमा उद्योगीलाई दिइरहेको कर्जा बराबरको कर्जा माग गर्दासमेत दुई चार दिन पर्खनु पर्ने स्थिति रहेको छ । त्यस्तै तरलताको कारण विदेशबाट भन्सारमा आएको सामानमा समेत समस्या रहेको छ', उनले भने ।

त्यस्तै, उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए । उनले तरलता अभावको कारण बैंकमा पैसा छैन्, उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताए ।



श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए । अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै, सरकारले लक्ष्य भन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पुरा नहुने श्रेष्ठले बताए । उनले सरकारले नीजी क्षेत्रका सरोकारवाला निकायसँग तथा योजना आयोगसँगको समन्वयविना योजना बनाउँदा अहिलेको अवस्था आएको बताए ।



उपाध्यक्ष श्रेष्ठले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीले भनेजस्तो नभएको बताए । उनले कोरोना महामारीपछि सबै उद्योगी व्यवसाय पूर्णरूपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको छ  तर, बजारमा तरलतालगायतका समस्या रहेको बताए ।

उनले अर्थविद्हरूले पनि अर्थतन्त्र तहसनहस भयो, बजारमा तरलता अभाव भयो भन्ने तर यो के कारणले भयो, यसको समाधानको उपाय नदिने गरेको बताए । उनले अहिले सबैमा काम गर्ने मनोवल बढ्दा पैसा आवश्यकता भएको बताए ।

उनले विकास निर्माणको काम पनि राम्रो भएकाले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नपुगेको बताए । उनले यो बेला भनेको बैंक तथा उद्योगीसमेत बच्नु पर्ने अवस्था हो तर बैंक भने अलि बढी महत्वाकांक्षी भएको आरोप लगाए ।

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १७:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया