नेप्से परिसूचक ४३.२९ अंकले बढ्यो, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंकभन्दा बढीले वृद्धि भएको छ ।

बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।

आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ ।

बिहीबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

तर, आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको  पनि १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १७:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया