विश्वप्रकाशले कार्यकर्तालाई भने - ढुक्क हुनुहोस्, अब रूपान्तरित भएर आधुनिक कांग्रेस बन्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरणको सुरुआत भएको बताएका छन् । 

आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरणको सुरुआत भएको बताएका हुन् । 

महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । उनले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताए ।
    
यस्तै, महामन्त्री शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई आग्रह गरे । 

उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिए । 

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्न नेतृत्व लागेको जिल्ला र स्थानीय तहबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताए । 

कांग्रेस इलामका सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताए ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १८:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया