सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस संक्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि बुधबार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर ६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा संक्रमण पुष्टि हुँदा पाँच निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।