हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात, यातायात सेवा अवरुद्ध

एक साताअघि परेको हिउँ पग्लन नपाउँदै हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । बुधबार रातिबाट पुनः हिमपात भएको हो । 

जिल्लाका ताल्चा, रारा, मुर्मा,  माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ गाउपालिका डोल्फू, खत्याड गाउँपालिकाका खमाले, सोरुकोटलगायत हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । 

एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुनः हिमपात भएको हो । हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ । हिमपातले उच्च हिमाली बस्ती सेताम्य देखिएका छन् ।   

उच्च क्षेत्रमा हिमपात भएको छ भने बेसीतिर झरी परेको छ । हिउँ परेपछि अन्नबाली फलफूल जडीबुटी सप्रिने भन्दै किसानहरु हर्षित भएका छन् ।

एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि यातायात सेवा अवरुद्ध भएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २०:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया