दिल्लीमा ६ दिनमा आठ गुणा बढे कोरोना संक्रमित

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ । 

नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् । 

प्रदेशमा अब संक्रमणदर १५.३४ पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ । 

१ जन​वरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । 

६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।
 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २०:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया