उत्तर कोरियाले गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण

उत्तर कोरियाले यसै साता हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएले बिहीबार यस्तो दाबी गरेको हो । 

उत्तर कोरियाले आणविक निशस्त्रीकरणको विषयमा रोकिएको वार्ताको बीचमा आफ्नो सैन्य क्षमता विस्तार गर्न दोस्रो परीक्षण गरेको बताइएको छ । बुधबार परीक्षण गरिएको यो मिसाइल आफ्नो लक्ष्यमा प्रहार गर्न सफल भएको बताइएको छ। 

उत्तर कोरियाले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल परीक्षण सेप्टेम्बरमा गरेको थियो।  गत अक्टोबरपछि पहिलोपटक बुधबार यो मिसाइल परीक्षण गरेको हो। 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २२:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया