भारतमा कोरोना संक्रमणदर निरन्तर उकालो : २४ घण्टामा थपिए १ लाख १४ हजार संक्रमित

भारतमा पुन: दिनहुँ कोरोना संक्रमणको दर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ४८४ जना संक्रमित थपिएका छन् । यो संख्या २०२१ को जुन महिनायताकै बढी हो । 

बिहीबार भारतमा ९० हजार २२८ सय जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । बिहीबार ३२५ को मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका वर्ल्डोमिटर्सले जनाएको छ । 

त्यस्तै, सोही अवधिमा भारतमा १६ हजार ९७२ जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा अमेरिकामा सर्वाधिक ७ लाख ५१ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा सर्वाधिक २ हजार १४३ जना संक्रमितको मृत्यु पनि भएको छ ।

साथै, अमेरिकामा २४ घण्टाको अवधिमा ८९ हजार ३०२ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो ४ घण्टामा नेपालमा ४७८ जनामा कोरोना पुष्टि हुँदा एक संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा २७१ संक्रमित निको भएका छन् । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ८:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया