अफगानिस्तानमा भारी हिमपात र बाढीका कारण बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् ।
बाढीमा फसेका करिब दस जनाकाे उद्दार गरिएकाे मन्त्रालयले जनाएकाे छ ।
बाढीले विभिन्न राजमार्ग तथा काबुल इन्टरनेसनल एयरपाेर्ट अवरुद्ध पारेकाे छ ।
अफगानी मिडियाका अनुसार पहिला हिमपात भई त्यसपछि वर्षा भएकाे हाे ।
देशकाे करिब ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीले असर गरेकाे अफगानी मिडियाले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।