ट्राफिक नियम उल्लङ्घन गर्ने साढे १५ सयभन्दा बढी चालक कारवाहीमा
फरकधार / २३ पुस, २०७८
फाइल तस्विर

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५६१ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२८ जना र मदिरा पिएर सवारी साधन चलाउने १२४ जना छन् । 

यस्तै, ढोका खुल्लै राखेर सवारी गुडाउँदै गरेका ५६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ६६ जनालाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । 



रातो बत्तीको उल्लङ्घन गर्ने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १०:३६:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया