डब्लुएचओको चेतावनी– कोरोना संक्रमणको सुनामीलाई नहेप

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस घेब्रेयियसले कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । 

विश्वमा दैनिक कोरोना संक्रमितको संख्या २५ लाखभन्दा बढीले बढ्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन् । 

ओमिक्रोन भेरियन्टको कारण विश्वमा तिव्र गतिमा कोरोना फैलिँदा स्वास्थ्य सेवामाथि दबाव बढ्न थालेको उनले बताएका छन् । 

डेल्टा भेरियन्टको भन्दा ओमिक्रोनका विरामी कम गम्भिर देखिए पनि यसलाई हल्का रुपमा नलिन समेत उनले भनेका छन् । 

‘खासगरी खोप लगाइसकेकालाई डेल्टाको तुलनामा ओमिक्रोन कम खतरनाक देखिन्छ । तर यसको अर्थ यो होइन की यो कमजोर छ । ओमिक्रोनका कारण पनि विरामी अस्पताल भर्ना भएका छन्,’ घेब्रेयियसले भने । 

उनले संक्रमणको सुनामी तिव्र गतिमा बढिरहेको तर्फ सबैको ध्यानाकर्षण गरेका छन् । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ११:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया