पाकिस्तानको बलुचिस्तानमा सडक दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।

उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।

उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए । 

घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया