फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का थप दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ती खेलाडी हुन्- अर्जेन्टिनाका एन्जल डि मारिया र जर्मनीका जुलियन ड्याक्सलर ।
पिएसजीले यी आफ्ना दुई मिडफिल्डरलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनीहरू सेल्फ आइसोलेसनमा बसेको जनाकारी दिएको छ ।
कोरोना पुष्टि भएपछि उनीहरूले फ्रेन्च लिग वान अन्तर्गत शनिबार हुने लियोनविरुद्धको खेल गुमाउने भएका छन् ।
यसअघि नै कोरोना संक्रमणका कारण पिएसजीका लेभिन कुर्जवा, जियानलुइजी डोनारुम्मा, ड्यानिलो परेरा र सर्जियो रिको आइसोलेसनमा छन् ।
कोरोना संक्रमित भएपछि लियोनल मेस्सीले पनि कप डि फ्रान्सअन्तर्गत सोमबार भएको भनेसविरुद्धको खेल गुमाएका थिए । तर बिहीबार गरिएको परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।