थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुष महिनाभरमा संकलन गरिएको ११४६ जनाको कोरोना पोजिटिभ केसहरूको जिन सिक्वेन्सिङ गरिएको थियो ।

तीमध्ये २५० जनाको जिन सिक्वेन्सिङ नमुना नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले जानकारी दिइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा जिन सिक्वेन्सिङ गराउँदै आएको छ । देशभरिबाट र्‍यान्डम सिम्पलिङ विधिबाट संकलित पिसिआर र एन्टिजेन पोजिटिभ केसहरूमा ओमिक्रोन संक्रमण पुष्टि भए नभएको हेर्दै आएको छ । 

सोही क्रममा पुष महिनामा संकलन गरिएका ११४६ पोजिटिभ नमूनाहरूमध्ये २२ प्रतिशतमा एस-जिन नेगेटिभ आएको थियो । एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरूमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् । 

ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामाग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया