मन्त्री आलेको निर्देशनमा नारायणहिटीमा बतास समूहको संरचना भत्काइयो [तस्विरहरू]

नारायणहिटी दरबार संग्रहालयमा बन्दै गरेका संरचना भत्काइएको छ । बतास अर्गनाइजेसनले भाडामा लिएर बनाउँदै गरेको संरचना भत्काइएको हो । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संग्रहालय परिसरमा निर्माणधीन रेस्टुरेन्टको संरचना भत्काइएको हो । 

त्यसका लागि निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरेको थियो । बतास समूहले १० रोपनी जग्गा भाडामा लिएर रेस्टुरेन्ट सञ्चालन गर्ने योजनामा थियो । तर, सांस्कृति सम्पदालाई व्यापारिक प्रयोजनको लागि दिन नहुने भन्दै विवाद उठेको थियो । त्यसपछि उक्त विषयमा छानविन गर्न हिजो सरकारले छानविन समिति गठन गरेको थियो । 

समितिले काम गर्न नपाउँदै मन्त्री आलेको निर्देशनमा उक्त संरचना भत्काइएको हो । समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना हुन् । समितिले आजदेखि काम गर्नेगरी तीन दिनको समय पाएको छ । उक्त समितिले संग्रहालयको क्षेत्र भाडामा दिने प्रक्रियादेखि लिएर विभिन्न विषयमा अध्ययन गरेर प्रतिवेदन पर्यटन मन्त्रालयमा पेश गर्नेछ । 

२०६६ सालमा नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ सालमा बतास समूहले चिया तथा कफी सपका लागि भन्दै भाडामा लिएको थियो । त्यो पनि प्रति रोपनी ५० हजार भाडा तिर्ने सर्त थियो । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको थियो ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १४:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया