नोवेल मेडिकल कलेजविरुद्ध सडकमा उत्रिए विद्यार्थी

मनपरी शुल्क लिएको भन्दै आन्दोलनरत नोवेल मेडिकल केजका विद्यार्थीले सडक केन्द्रित आन्दोलन सुरु गरेका छन् । विराटनगरका विद्यार्थीले संयुक्त सडक आन्दोलन सुरु गर्दै आजबाट चक्का जाम सुरु गरेका हुन् ।

विगत केही दिनदेखि निरन्नतर आन्दोलन गर्दै आएका नोवेल मेडिकल कलेजका विद्यार्थीले विराटनगरको कञ्चनवारीमा आधा घण्टा चक्काजाम गरे । संयुक्त विद्यार्थी संगठनले बिहान ११ बजेपछि चक्काजाम गरेका हुन् ।

नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियू, माओवादीनिकट अनेरास्ववियू क्रान्तिकारीलगायतका आधा दर्जन विद्यार्थी संघसंगठनको समर्थनमा नोवेल मेडिकल कलेजका विद्यार्थीले चक्काजाम गरेका हुन्  ।

विभिन्न सरकारी निकाय गुहार्दै आएका विद्यार्थीको आन्दोलनका कारण आज कन्चनबारी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । 

नोवेल मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अरिरिक्त शीर्षकमा शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । उनीहरूले विराटनगरको नोवेल मेडिकल कलेज प्रशासनको कार्यालयमा तालाबन्दी गरेका थिए ।

सडकमा उपस्थिति जनाएका विद्यार्थी संघ संगठनले भने मेडिकल कलेजहरुले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन विद्यार्थीको माग छ ।



नोवेल मेडिकल कलेजले विश्वविद्यालय सम्बन्धन शुल्क, विश्वविद्यालय रजिष्ट्रेसन शुल्क, विश्वविद्यालय परिक्षा शुल्क, अनिवार्य होस्टल शुल्क जस्ता विभिन्न शीर्षकका नाममा अतिरिक्त शुल्क नतिरेको भन्दै विद्यार्थीलाई कलेजबाट निकालेपछि विद्यार्थी आन्दोलित भएका हुन्  ।



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १५:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया