सहिद स्मारक ‘ए’ डिभिजन : मनाङको लगातार पाँचौ जित

काठमाडौं– मनाङ मर्स्याङ्दी क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ । मनाङ उपाधि होडमा सबैभन्दा अगाडि छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबारको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गर्दै मनाङले लगातार पाँचौ जित निकालेको हो ।

मनाङका लागि अञ्जन विष्ट र आफिज ओलावालेले १–१ गोल गरे । 

खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट मनाङले अग्रता लियो । ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए ।

म्यान अफ दी म्याच बनेका मनाङका कमल श्रेष्ठले १० हजार नगद प्राप्त गरे ।

जितसँगै मनाङ पाँच खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत् छ । मनाङसँग पराजित सरस्वती भने ६ अंकसहित तालिकाको सातौंँ स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार २०:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया