सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै मन्त्री आलेलाई युवा संघको ज्ञापनपत्र

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)मा निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरुपयोग गरेर स्थायी संरचना बनाइरहेकाले यो स्वीकार्य हुन नसक्ने बताए ।

उनले भारतले पशुपति दर्शनमा आउने तीर्थस्थल तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताए ।

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्त्वपूर्ण तथा दूर्लभ सम्पदाको विनाश गरिएको बताए ।

अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिकस्थलको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न पनि आग्रह गरे ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १८:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया