झुक्याउँदा जेलको बास
प्रतीकात्मक तस्वीर

बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बानेश्वरबाट शुक्रबार पक्राउ गरेको हो । 

उनी काठमाडौं महानगरपालिका – १० का हुन् । उच्च अदालत पाटनले गएको असोज १० गते उनलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर्याएको थियो । 

दोषी ठहरिएसँगै उनलाई अदालतले पाँच दिन कैद र २६ लाख रुपैयाँ जरिवानासहितको फैसला गरेको छ । ब्युरोका अनुसार अनुसन्धानको क्रममा आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जान्दा जान्दै २० कात्तिक २०७६ मा श्रेष्ठले एक जना (पीडितको नाम गोप्य राखिएको) लाई सिभिल बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटिदिएका थिए । 

त्यसपछि पीडितले श्रेष्ठविरुद्ध बैंकिङ कसूरमा ब्युरोमा जाहेरी दिएका थिए । श्रेष्ठ भने फरार थिए । तर, पक्राउ परेपछि अदालतबाट भएको फैसला कार्यान्वयनका लागि शुक्रबारै उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको ब्यूरोले जनाएको छ । उनी कारागार चलान भइसकेका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १८:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया