एमालेलाई कमजोर पार्ने षड्यन्त्र असफल पार्न विष्णु पौडेलको निर्देशन

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिएका छन् ।

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उनले आग्रह गरे । 

नेकपा(एमाले)को रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममलाई आज भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले पत्याएको शक्ति भएकाले जस्तो सुकै परिस्थितिमा पनि काम गर्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिए । 

'हामीले सरकारमा रहँदा नीति, विचार, कार्यक्रम र बजेटका दृष्टिकोणले जनताको विश्वास जित्ने गरी काम गरेका छौँ, सबै मिलेर यसलाई अझै शक्तिशाली बनाउनुपर्छ', उपाध्यक्ष पौडेलले भने । 

उनले चरणबद्ध रूपमा निर्वाचन सुरु हुने भएकाले अधिवेशनलगत्तै त्यसको तयारीमा लाग्न आवश्यक रहेको बताए । 

केन्द्र स्थानीय र प्रदेश तहमा जित हासिल गरेर एमालेको नेतृत्वमा सरकार बनाउने गरी सक्रिय भएर जनताका बीचमा जान उनले जिल्ला नेता र कार्यकर्तालाई आग्रह गरे । 



'हाम्रा नीति, विचारलाई कार्यान्वयन गरेर आगामी निर्वाचनमा जित हासिल गर्ने हिसाबले लाग्नुपर्छ', उनले भने ।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल बिश्वकर्माले पार्टी नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेकाले यसलाई तोडेर जोगाउन आवश्यक रहेको बताए । 



पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी बलियो हुन असल नेतृत्व चयन गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने अधिवेशनमा सहमतिमै नयाँ नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार २०:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया