सहिद स्मारक ए डिभिजन लिगकाे आठाैं चरण अन्तर्गत शनिबार तीन खेल हुँदैछन् ।
आज दशरथ रंगशाला दुई र पोखरा रंगशालामा एक खेल हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।
७ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेकाे अपराजित मछिन्द्र फ्रेन्ड्सलाई हराउँदै त्यसलाई कायमै राख्न चाहन्छ ।
७ खेलमा ३ अंक जोडेर पुछारमा रहेको फ्रेन्ड्स पनि मछिन्द्रलाई हराउँदै पहिलाे जित निकाल्न चाहन्छ ।
दिउँसाे २ बजेबाट पोखरा रंगशालामा सुरु हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबकाे सामना गर्नेछ ।
७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको मनाङ च्यासललाई हराएर उपाधि होड कायमै राख्न चाहन्छ ।
७ खेलमा ५ अंक जोडेर १३औं स्थानमा रहेको च्यासल पनि मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा हुनेछ ।
साँझ पाैने पाँच बजे दशरथ रंगशालामा सुरु हुने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
७ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको एनआरटी आर्मीलाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ ।
७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको आर्मी पनि एनआरटी हराउँदै आफ्नो अपराजित यात्रा कायमै राख्ने साेचमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।