भारतमा एकैदिन एक लाख ४१ हजार काेराेना संक्रमित

भारतमा पुन: दिनहुँ कोरोना संक्रमणको दर उकालो लागिरहेको छ । बितेकाे २४ घन्टामा भारतमा एक लाख ४१ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गएकाे मे महिनापछि यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । 

यसैगरी १२९ जनाले ज्यान गुमाएका छन् । 

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ५२ लाख २६ हजार ३८६ पुगेको छ भने हालसम्म चार लाख ८३ हजार १७८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ८:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया