फिफा वेस्ट अवार्डका लागि मनाेनित अन्तिम तीनकाे नाम सार्वजनिक

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट फिफा फुटबल अवार्ड’ का लागि मनोनित अन्तिम तीनको नाम सार्वजनिक गरेको छ ।

फिफाले अवार्ड अन्तर्गत विभिन्न विधाका लागि अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । 

फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की र मोहम्मद सलाह परेका छन् ।

वर्ष खेलाडी महिलातर्फकाे अन्तिम तीनमा साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास छन्। 

यसैगरी वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल छन्।  

महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विगम्यान अन्तिम तीनमा छन् ।



यस्तै वर्ष गोलकिपर अवार्डका लागि पुरुषतर्फ अन्तिम तीनमा म्यानुएल नाेयर, इडुवार्ड मेन्डी र जियानलुइजी डोनारुम्मा परेका छन् ।

महिला गाेलरक्षकतर्फ एन कट्रिन बर्गेर, क्रिस्टियनी इन्डलर र स्टेफनी लाबेले अन्तिम तीनमा स्थान बनाएका छन् ।



वर्ष उत्कृष्ट गोल (पुस्कास अवार्ड) का लागि एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा अटाएका छन् ।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ८:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया