भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या ३ हजार ७१ पुगेको छ ।
संक्रमितमध्ये एक हजार २०३ जना निको भइसकेका छन् ।
सबैभन्दा धेरै महाराष्ट्रमा ८७६, रहेका छन् । यसैगरी दिल्लीमा ५१३ र कर्नाटकमा ३३३ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेकाे २४ घन्टामा भारतमा एक लाख ४१ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएकाे मे महिनापछि यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यसैगरी १२९ जनाले ज्यान गुमाएका छन् ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ५२ लाख २६ हजार ३८६ पुगेको छ भने हालसम्म चार लाख ८३ हजार १७८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।