पोखराका युवाले १४ करोड लगानीमा खोले आव्या क्लब

युवा व्यवसायीले पोखरामा १४ करोड लगानीमा आव्या क्लब खोलेका छन् ।

पोखरा ७, घारीपाटनमा सुविधासम्पन्न आव्या क्लब खोलिएको हो । जसको केही महिनामै औपचारिक रूपमा सुरुआत गरिने जनाइएको छ । सामान्य बुझाइमा जिमखाना भन्नेबित्तिकै ‘बडी बनाउने’ भन्ने बुझिन्छ । तर, यहाँ शारीरिक र मानसिक दुवैको तन्दुरुस्तीलाई विशेष ध्यान दिइने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका प्रबन्ध निर्देशक निरोज लामाले जानकारी दिए ।

उनका अनुसार ‘आव्या’ भनेको संसारको पहिलो पवित्र आत्मा हो । साथै यसको अर्थ सूर्यको पहिलो किरण पनि हो । आव्या क्लबले शारीरिक अभ्यासमात्र नभई मन र आत्माको समेत शुद्धतासहित स्वास्थ्य सुदृढ बनाउन जोड दिनेछ । आफूहरूले जिमलाई विज्ञान र अध्यात्माको मिलन गराउने आरोग्य केन्द्रको रूपमा विकास गर्न खोलेको प्रबन्ध निर्देशक लामाले बताए ।

पोखराका युवा व्यवसायी क्लबका कार्यकारी निर्देशक किरण केसीले आफूहरुले फिजियोथेरापी, रिह्याभिलिटेसन कार्यक्रम पनि सँगै ल्याउने बताए । बच्चादेखि बृद्धसम्म, कलेज पढ्ने विद्यार्थीदेखि पेसाकर्मी सबैको लागि आफूहरुले सस्तो दरमा सेवा दिने उनले बताए । तर, के कति लिने भन्ने अहिले खुलाइएन ।

उनका अनुसार यहाँ ३ सय जनाले एकै पटक सेवा लिन सक्ने छन् । नेपालमै सबैभन्दा ठूलो दाबी गरिएको काव्या क्लबमा आगामी दिनमा जेनेजल र प्रिमियम प्याकेज उपलब्ध हुने केसीले बताउनु भयो । जिमका सामानहरु अमेरिकाबाट मगाइएको हो ।

स्व. सूर्यबहादुर केसीका ३ भाइ छोराहरू प्रकाश, किरण र रोशन केसीसहित काठमाडौंमा समेत गरी ७ जनाको लगानी छ । जसमा कार्यकारी निर्देशक निरोज लामासहित सायव एबि मल्ल, विश्वप्रकाश गौतम र बरुण खड्का कार्यकारी संचालक हुन् ।



राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा क्लब र मनोरञ्जन केन्द्रहरु संचालनमा आए पनि तिनी सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेकोले आफूले सबै वर्गलाई समेट्ने गरी ४ वर्षदेखिको योजना अहिले आएर साकार पारेको लामाले बताए ।

काव्या क्लब सन् २०१८ मा स्थापना भएको हो । कोरोना महामारीका कारण संचालनमा केही समय ढिलाइ भएको क्लबले जनाएको छ । परिवारमैंत्री वातावरणमा सेवा र सुविधा दिइने हुँदा छिट्टै सबैको लागि आकर्षणको केन्द्र हुने सञ्चालकको अपेक्षा छ ।



यहाँ जिम हलसहित स्विमिङ पुल, रेस्टुरेन्ट, साउना बाथ, स्नान कक्ष, क्रीडास्थल, सुरक्षण कक्ष (लकर), बालमैंत्री शौचालय, पर्याप्त पार्किङ लगायत सुविधा छन् ।

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १५:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया