सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे पहिलाे खेलमा लिग लिडर मछिन्द्र क्लब विजयी भएकाे छ ।
मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्रेन्ड्स क्लबमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।
खेलकाे ६७ औं मिनेटमा फ्रेन्ड्सका राेनेल एन्थाेनी पउलले गरेकाे अत्मधाती गाेल नै मछिन्द्रलाई जित दिलाउन प्रयाप्त बन्याे ।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहारमा फ्रेन्ड्सका आकश राईले क्लियर गर्न नसकेकाे बललाई राेनेलले हेडमार्फत बचाउन खाेजे पनि आफ्नै पाेस्टमा गाेल हुन पुगेकाे थियाे ।
दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
४५ औं मिनेटमा मछिन्द्रका अभिषेक रिजालकाे प्रहारलाई फ्रेन्ड्सका गाेलरक्षक राहुल रामचन्द्र यादवले उत्कृष्ट बचाउ गर्दै टाेलीकाे संकट टारे ।
पहिलाे हाफकाे थप गरिएकाे समयमा कप्तान प्रिजेन तामाङकाे डाइभिङ हेडर पाेस्ट निजकैबाट बाहिरिँदा फ्रेन्ड्सले अग्रता लिन सकेन ।
५३ औं मिनेटमा फ्रेन्ड्सका जामाउल एन्थाेनी फ्रान्काेइसले शुनाैलाे अवसरलाई खेर फाले ।
६४ औं मिनेटमा अभिषेककाे प्रहारलाई गाेलरक्षक राहुलले सहजै बचाए ।
याे जितसँगै मछिन्द्र ८ खेलमा २० अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा ३ अंकका साथ अन्तिम स्थानमा रहेकाे फ्रेन्डसकाे रेलिगेसन सम्भावना बढेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।