ए डिभिजन लिग: अफिजकाे ह्याट्रिकमा मनाङकाे फराकिलाे जित
फरकधार / २४ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएकाे छ ।



मनाङले पाेखरा रंगशालामा च्यासल युथ क्लबमाथि ५-० काे  फराकिलाे जित हात पारेकाे हाे ।



मनाङलाई जित दिलाउन ओलावाले अफिजले ह्याट्रिक पूरा गर्दा एडिलाजा सोमिडे र दिनेश राजवंशीले १-१ गाेल गरे ।



खेलको तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।



४३ औं मिनेटमा अफिजले मनाङकाे अग्रता दोब्बर बनाए ।

८६ औं दिनेशले गाेल गर्दा मनाङ ३-० ले अगाडी बढ्याे ।



थप गरिएकाे समयमा दुई गाेल गर्दै अफिजले आफ्नो ह्याट्रिक पूरा गरेपछि मनाङले फराकिलाे जित हात पारेकाे हाे ।

याे नतिजासँगै मनाङ ८ खेलमा १९ अंक जाेडेर दोस्रो तथा च्यासल ५ अंकका साथ १३ औं स्थानमा कायम छन् ।



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १६:१८:१२,   अन्तिम अपडेट : पुस २४, २०७८ शनिबार १६:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया