पछिल्लो २४ घण्टामा प्रदेश-१ को मोरङमा सबैभन्दा बढी २४ जना कोरोना संक्रमित थपिएका छन् ।
सोही अवधिमा सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश बाहिर १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा २, रङ्गेली र धनपालथानमा १/१, सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश बाहिरका १ जना गरी कूल ४३ जनामा संक्रमण देखिएको हो ।
संक्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३ महिलासहित ७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।