करण केसी नेपाल पुलिस क्लबमा आबद्ध

राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे । 

‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध हुनुभएकोमा उहाँलाई हृदयदेखि स्वागत गर्दछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

२६ पुसबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय  टी–२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध हुने भएका हुन् । 

हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी,  कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगाबयतका खेलाडी अनुबन्ध छन् । 

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यसपटक टी–२० फर्म्याटमा हुन लागेको हो । 

नेपाली टिमले ओमानमा हुने आइसिसी टी–ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता टी–२० फर्म्याटमा गरेको हो । 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार २०:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया