पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा २१ पर्यटकको मृत्यु भएको छ । उनीहरूको हिमपातका कारण सवारीसाधन फस्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत रहेका पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीले जनाएको छ । मृतक २१ मध्ये १० जना बालबालिका रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारीसाधन फसेका छन् ।
हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ । मौसम विभागका अधिकारीले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।