ला लिगा : बराबरीमा राेकियाे बार्सिलाेना

स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिकाे खेलमा बार्सिलाेना घरेलु टाेली ग्रानाडासँग बराबरीमा राेकिएकाे छ ।

लस कार्मिनेसमा दुवै टाेलीले एक-एककाे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा १० खेलाडीमा सीमित बार्सिलाेना अंक बाँढ्न बाध्य बन्याे ।

खेलकाे ५७औं मिनेटमा फ्राङ्क डि जाेङले गाेल गर्दै बार्सिलाेनालाई अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा गाभीले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि बार्सिलाेना १० खेलाडीमा सीमित बन्याे ।

८९औं मिनेटमा एन्टोनियो पुएर्टासले गाेल गर्दै घरेलु टाेलीलाई बराबरीमा ल्याए ।



याे नतिजासँगै २० खेलमा ३२ अंक जाेडेकाे बार्सिलाेना छैटौं स्थानमा रहँदा ग्रानाडा २४ अंकका साथ १२ औं  स्थानमा  छ ।



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ८:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया