चिसाेसँगै बैतडीमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढे
फाइल फाेटाे

चिसो बढेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीकाे संख्या पनि बढेकाे छ । जिल्ला अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढेका हुन् ।

अस्पतालमा आउने धेरैजसो बालबालिकाहरूमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरूमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए । 

पुस महिना सुरु भएयता जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र तीमध्ये श्वासप्रश्वासका बिरामी बढी हुने गरेको उनले बताए ।

बालबालिकाहरूलाई चिसोबाट जोगाउन नसक्दा निमोनिया हुने गरेको जोशीको भनाइ छ । चिसोले गर्दा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या हुने भएकाे कारण विशेष ख्याल राख्नुपर्ने जिल्ला डा. जोशीकाे सुझाव छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ८:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया